
समखबर संवाददाता
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।
कुल ९ सय मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २ सय १५ मत ल्याएका छन् ।
त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १ सय ६९ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ । यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो ।
समखबर संवाददाता 

