समखबर संवाददाता


0 प्रतिक्रिया

860

रसुवाको चार गाउँपालिकामा मतगणना जारी

४ वर्ष अगाडि
रसुवा
समखबर संवाददाता

1.1K

रसुवाको चारवटा गाउँपालिकामा मतगणनाको कार्य जारी रहेको छ । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये चारवटा गाउँपालिकामा मध्यरातिदेखि नै मतगणनाको कार्य सुरु गरिएको हो ।

उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मध्यरातिदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

गोसाईकुण्ड गाउँपालिकाको मतगणना भने लाङटाङबाट मतपेटीका ल्याइएपछि मात्र गणनाको काम सुरु हुने जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताए । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिएपनि पछिल्लो समय मान्छेले नै मतपेटिका ढुवानी गर्नका लागि सर्कुलर भए अनुसार शनिबार मात्रै मतपेटीका ल्याइने भएको हो । आज बेलुकी मात्र लाङटाङको मतपेटीका सदरमुकाम धुन्चे आइपुग्ने भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ७७ प्रतिशत मत खसेको थियो ।

जिल्लाको उत्तरगयामा ८ हजार ४ सय २, कालिकामा ८ हजार ६ सय ५६, गोसाइँकुण्डमा ५ हजार ८ सय ९०, नौकुण्डमा १० हजार ५ सय ३७ र आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ६० मतदाता रहेका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *