समखबर संवाददाता


0 प्रतिक्रिया

712

देवघाट गाउँपालिकामा पनि मतगणना सुरु

४ वर्ष अगाडि
तनहुँ
समखबर संवाददाता

890

देवघाट गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीबेर अगाडि मतगणना सुरु भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनका अनुसार भोलि बेलुकासम्म सम्पन्न गर्ने लक्ष्यका साथ मतगणना थालिएको हो ।

देवघाटमा आठ हजार ६४७ मत खसेको छ । १२ हजार ८ सय १५ मतदाता रहेका थिए ।

देवघाट गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् । कांग्रेसबाट उम्मेद्वारी दिएकी उनको मात्रै एकल उम्मेद्वारी परेपछि उनी निर्विरोध भएकी थिईन् ।

890

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.