समखबर संवाददाता


0 प्रतिक्रिया

748

सूर्योदय -१ मा कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
इलाम
समखबर संवाददाता

935

इलामको सूर्योदय नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षसहित पाँचै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् । कांग्रेसका राजकुमार लिम्बूले एकीकृत समाजवादीका दिपेश राईलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।

लिम्बूले ८ सय ७३ मत पाउँदा राईले ८ सय ४७ मत पाए । तेस्रो भएका एमालेका उम्मेदवार धनकुमार तामाङले ७ सय ४५ मत प्राप्त गरे । खुल्ला महिला सदस्यमा मुन्ना कुमारी राई, दलित महिला सदस्य चन्द्रकला बिक, खुला सदस्यमा डिकबहादुर मगर र रोशन बुढाथोकी निर्वाचित भए ।

माङसेबुङ गाउँपालिका-१ मा भने एमाले-माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन भएको माङसेबुङ-१ मा माओवादी केन्द्रका भूपाल योङहाङ वडाध्यक्ष निर्वाचित भएका हुन् । उनले कांग्रेस-जनता समाजवादी पार्टीका भक्तराज लिम्बूलाई १ सय ३३ मतले पराजित गरे । योङहाङले ७ सय ७३ मत पाउँदा लिम्बूले ६ सय ४० मत पाएका थिए ।

महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती, खुला सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठ र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू विजयी भएका छन् ।

इलाम नगरपालिका(२ मा भने एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गिरिराज रिजाल ७ सय २४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँंग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । महिला सदस्यमा मिना दाहाल, दलित महिला सदस्य सरिता दियाली, खला सदस्यमा शेरबहादुर खालिङ, र राजेन देवान विजयी भएका छन् ।

रोङ गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् । उनले एमालेका उम्मेदवार मनोज खड्कालाई पराजित गरेका हुन् । कांग्रेसका मनोहरि खड्काले ६ सय १० मत प्राप्त गर्दा एमालेका मनोज खड्काले ४ सय ८८ मत पाएका छन् । दुवै एकाघरका दाजुभाइ हुन् । दलित महिला सदस्यमा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् । अन्य सदस्यमा कांग्रेसका उम्मेदवारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।

935

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.