
समखबर संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियु (पाँचौं)को संयुक्त आयोजनामा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका विरुद्धमा विरोधसभाको आयोजना गरिएको छ ।
नेपाल आयल निगमको कार्यालय टेकु परिसरमा गरिएको उक्त सभालाई अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य नवराज भट्टले विरोध मन्तव्य राखेका थिए ।
पेट्रोलियम पदार्थको मूल्यमा पटक पटक वृद्धि गरेर दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि हुन थालेपछि अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले हिजो बेलुका वक्तव्य जारी गरेर संघर्षमा उत्रन सम्पुर्णमा आव्हान गरेका थिए । गजुरेलले कथित स्थानीय तहको निर्वाचन भए लगत्तै (नतिजा नआउँदै) निर्वाचनमा भएको खर्चको असुल उपर गर्न यसरी मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताए ।
कार्यक्रममा सयौंको संख्यामा चार संगठनका विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




समखबर संवाददाता 

