समखबर संवाददाता


0 प्रतिक्रिया

700

रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

875

इलामको रोङ गाउँपालिका २ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चन्द्रशेखर घिमिरेले वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार पूर्ण तामाङले ४३१ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान वडाध्यक्ष टेकबहादुर तामाङले ४२२ मत पाएका छन् ।

महिला सदस्यमा एमालेकी नानु तामाङ, दलित महिलामा नेपाली कांग्रेसकी बालकुमारी लकान्द्री निर्वाचित भएका छन् । खुला सदस्यमा  एमालेका इन्द्रप्रसाद कुइँकेल र माधव प्रसाद सुवेदी बिजयी भएका छन् ।

Avatar

875

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.