समखबर संवाददाता


0 प्रतिक्रिया

744

मायादेवी मन्दिरमा प्रार्थना गरेपछि प्रधानमन्त्री मोदीले दिए यस्तो अभिव्यक्ति !

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

930

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।
लुम्बिनिमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’

मोदी आज विहान भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । आज लुम्बिनीमा ६ घण्टा बिताएपछि उनी स्वदेश फर्कने छन् ।

930

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.