समखबर संवाददाता


0 प्रतिक्रिया

860

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ वर्ष अगाडि
धनुषा
समखबर संवाददाता

1.1K

धनुषाको जनकपुर उपमहानगरपालिका(२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइलले हिजो बेलुकी साढे ७ बजे सडक पार गर्दै गरेकी उनलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.