समखबर संवाददाता


0 प्रतिक्रिया

768

जम्लाको तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्र विजयी

४ वर्ष अगाडि
समखबर संवाददाता

960

जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा (कल्पना ) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार   ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन । 

त्यस्तै, उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना)  विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन्। उनकी नकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन् ।

२०७४को निर्वाचनमा   तिलागाउँपालिकामा नेकपा ऐमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए  भने माओवादी केन्द्रकै  बिष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थइिन् । यस पटक तिला गाउपालिकामा  ६ हजार ३ सय ३१ मत खसेको थियो । 
 

Avatar

960

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.