समखबर संवाददाता


0 प्रतिक्रिया

632

पोखराः ६ दिनमा एक तिहाइ गणना, गठबन्धन निरन्तर अगाडि

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

790

पोखरा महानगरपालिकामा बल्ल  एक तिहाइ गणना भएको छ । ३१ गते दिउँसोदेखि सुरु भएको गणना ६ दिन भैसक्यो । यही गतिमा गणाना भए अन्तिम नतिजा आउन अझै १० दिन लाग्ने देखिन्छ । तर, गणना स्थल बढाउने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार धनराज आचार्यले २ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।  आचार्यले २० हजार  ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मन्जुदेवी गुरुङले १५ मतको अग्रता लिएकी हुन् । उनले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन् ।

790

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.