
समखबर संवाददाता
सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ । गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् ।
मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६ सय ७८ मतान्तरले विजयी भएका हुन् । उनले ९ हजार ५ सय ६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८ सय ८३ मत मात्र पाए ।
उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६ सय ७१ मतान्तरको विजयी भएकी हुन् । उनले ८ हजार ८ सय ५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १ सय ५९ मतमात्र प्राप्त गरिन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो । तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन् ।
माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले ६ हनार १ सय ७५ र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गरे ।
समखबर संवाददाता 

