समखबर संवाददाता


0 प्रतिक्रिया

708

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

४ वर्ष अगाडि
भक्तपुर
समखबर संवाददाता

885

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे ।

तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् । जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्र्थ्याइएको छ ।

एक हजार ५ सय २६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन् ।

थापा १४ हजार ७ सय ५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २ सय ३२ मत पाएर पराजित भए । तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन् ।

885

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.