समखबर संवाददाता


0 प्रतिक्रिया

720

अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने

४ वर्ष अगाडि
अछाम
समखबर संवाददाता

900

अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचीत भएकी छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी हुन् ।

उनले ३ हजार ६ सय ५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १ सय ७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६ सय ९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६ सय ९२ र स्वतन्त्र टंक तिमिल्सैना १ सय ५४ मत पाए ।

उपप्रमुखमा कांग्रेसकै हर्कबहादुर रावल विजयी भए। उनले ४ हजार १ सय ८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६ सय १८, एमालेकी राजु सञ्जाल १ हजार २ र एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८ सय ७८ मत पाए ।

900

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.