समखबर संवाददाता


0 प्रतिक्रिया

668

महोत्तरीका मतदाताहरूले पत्याएनन् स्वतन्त्र उम्मेदवारलाई

४ वर्ष अगाडि
महोत्तरी
समखबर संवाददाता

835

यसपालि महोत्तरीका मतदाताहरूले स्वतन्त्र उम्मेदवारलाई पत्याएनन् । राजनीति दलप्रति जनताको वितृष्णा बढेको भनिएका बेला महोत्तरीका नागरिक भने दलकै एजेण्डाभित्रको योजनाबाट विकास र समृद्धि खोजेका छन् ।

दलका उम्मेदवारहरू नै अघिल्लो निर्वाचनमा महोत्तरीका १५ वटै पालिकाहरूमा जनप्रतिनिधि बनेका थिए । उनै जनप्रतिनिधिहरूले अपेक्षाकृत काम गर्न नसकेको आरोप लगाउने गरेका मतदाताले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउने अनुमान गरिएको थियो । तर, स्वतन्त्र उम्मेदवारहरूले अपेक्षा गरेजस्तो मतपरिणाम आएन

१५ वटै पालिकामा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । तर, स्वतन्त्र उम्मेदवारहरुको पराजयले आमनागरिक अझै पनि दलीय राजनीति र उनका एजेण्डामा विश्वास गर्छन् भन्ने देखाएको छ ।

पुतली, हाँस, लौरोजस्ता चिह्न लिएर चुनावी मैदानमा होमिएका कतिपय स्वतन्त्र उम्मेदवारहरूले १० मत पनि पाउन नसकेको हालसम्म सार्वजनिक मतपरिणामले देखाएको छ ।

महोत्तरीमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू २ सय ८२ जना छन् । जसमध्य प्रमुखमा ११३ जना, उपप्रमुखमा २० जना, वडा अध्यक्षमा १ सय ३६ जना, खुला सदस्यमा ६ जना र महिला सदस्यमा ७ जना छन ।

यही माहोलामा कांग्रेसबाट बागी उम्मेदवार भने प्यानलसहित निर्वाचित भएका छन् । अन्तिम समयमा टिकट खोसिएपछि कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्री र उनका पक्षधरहरूले बर्दिबास नगरपालिकामा जित हात पारेका छन् । कांग्रेसबाट बागी उम्मेदवार बनेका क्षेत्री मेयरमा र उनकै प्यानलबाट उपमेयरमा तारादेवी महतो निर्वाचित भएकी हुन् । साथै क्षेत्रीकै प्यानलका उम्मेदवार बर्दिबास–१, ७, १३ र १४ मा वडाध्यक्षमा निर्वाचित भए ।

आफ्ना समर्थकहरूको आग्रहमा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध क्षेत्रीले प्यानलसहित बागी उम्मेदवारी दिएका थिए ।

835

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.