समखबर संवाददाता


0 प्रतिक्रिया

540

खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ

४ वर्ष अगाडि
खोटाङ
समखबर संवाददाता

675


खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्या निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई शपथ खुवाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जरा, रावाबेँसी गाउँपालिकाका फटिकुमार श्रेष्ठ र साकेला गाउँपालिकाका अध्यक्ष रबीप्रकाश राईले शपथ लिएका हुन् ।

675

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.