समखबर संवाददाता


0 प्रतिक्रिया

776

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

970

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।

970

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.