
समखबर संवाददाता
बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट एइक् तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% सम्मको विशेष छुट उपलब्ध गराउने भएको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई सुविधा दिँदै आईरहेको छ ।
समखबर संवाददाता 

