समखबर संवाददाता


0 प्रतिक्रिया

716

बंगलादेश र भारतमा बाढी पहिरो, कम्तीमा ५७ को मृत्यु

४ वर्ष अगाडि
ढाका
समखबर संवाददाता

895

बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी पहिरोमा परि कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस बिचल्लीमा परेका छन् ।

बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् ।

भारतको उत्तरपूर्वी भागबाट आएको बाढीले बराक नदीको तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए ।

यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए ।

895

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.