समखबर संवाददाता


0 प्रतिक्रिया

836

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।

नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विषयमा त्रिचन्द्र क्याम्पसबाट सोमबार दिउँसो नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले मसाल जुलुस सहित प्रदर्शन गरेको हो । उक्त मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी मसाल निभाएको थियो ।

आजै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले समेत पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध नेपाल आयल निगमको अगाडि कोण सभा आयोजना गरेको थियो ।

पछिल्लो एक हप्ताका बीचमा आयल निगमले पेट्रोलियम पदार्थमा प्रति लिटर २० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.