समखबर संवाददाता


0 प्रतिक्रिया

752

काठमाडौंमा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

940

काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९ सय मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् ।

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २ सय ९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७ सय ६८ बढी मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८ सय ३० मत ल्याएका छन् ।

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १ सय ५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

940

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.