समखबर संवाददाता


0 प्रतिक्रिया

828

जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक हुन् ।

उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा परेको थियो ।

जिल्ला अदालत काठमाडौंले २०७८ फागुन २९ गते ती चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिएको थियो ।

उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.