
समखबर संवाददाता
सेन्ट लरेन्स कलेजमा सङ्घर्षरत विद्यार्थीहरुमाथि प्रहरीले गरेको लाठी चार्जमाथि र दमन प्रति अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ ।
सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीले छात्रा र महिला कर्मचारी माथि पटक पटक दुर्व्यवहार गरेको विषयमा उक्त कलेजमा अध्यनरत विद्यार्थीहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको विषयमा अखिल क्रान्तिकारीले एक विज्ञप्ति जारी गरि आपत्ति जनाएको हो ।
“आन्दोलनरत विद्यार्थीहरुको सङ्घर्षप्रति हाम्रो सङ्गठनको ऐक्यबद्धताका साथ सङ्घर्षमा सँगै उत्रन तयार रहेको जानकारी गराउन चाहन्छौं”, अखिल क्रान्तिकारी प्रदेश संयोजक शिलु न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कलेजमा अध्यनरत ३ जना छात्रा र एक जना महिला कर्मचारी माथि भएको दुर्व्यवहार घटना बाहिरिए पछी विद्यार्थीहरुले तत्काल शिक्षक जनार्दन अधिकारीलाई कारबाहीको माग राख्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा प्रहरीले लाठी चार्ज गर्दा उक्त कलेजमा अध्यनरत केहि विद्यार्थी घाइते समेत भएको जनाएको छन् |
विज्ञप्तिकाे पूर्णपाठ :-

समखबर संवाददाता 

