सुर्खेतमा कक्षा ११ की छात्रा इनीसा बि.क. को रहस्यमय मृत्यु
सुर्खेत, २५ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा कक्षा ११ मा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको घटनाले स्थानीय समुदायमा शोक र चिन्ता फैलिएको छ। वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आएकी १७ वर्षीया इनीसा बि.क. मृत अवस्थामा फेला परेकी हुन्। उनको स्थायी घर सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली रहेको बताइएको छ। परिवारका अनुसार उनी घटना भएको बिहान ट्युशन पढ्न...