मुलुकलाई विदेशीको क्रियास्थल बनाउन खोजिएको पूर्व प्रधानमन्त्री खनालको आरोप
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले, मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौंमा समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा उनले, दुइतिरका ठुला छिमेकीले पनि आ आफ्नो स्वार्थ स्थापनाको प्रयास गरेको र एउटा टाढाको देशले नेपालीको आस्थालाई किन्ने कोसिस गरिरहेको आरोप लगाए । धरानमा देखिएको घटनाले...