जसपा केन्द्रीय सदस्य प्रदेश सांसद विन्दुकुमारी यादवको निधन
मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको अस्पतालले पुष्टि गरेको हो । प्रदेश सांसद सञ्जय कुमार यादवका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो । दुई वर्ष अघिदेखि पाठेघरको...