श्रीमतीलाई कुटपिट गरी घाइते बनाएपछि बलामीले गरे आत्महत्या
मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका एक पुरुषले आत्महत्या गरेका छन् । मकवानपुरको इन्द्र सरोबर–५ खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले आत्महत्या गरेका हुन् । श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका बलामीले विष सेवन गरी आत्महत्या गरेका छन् । घाइते श्रीमती २४ वर्षीय आस्था बलामीलाई अस्पताल पठाएर बुद्धिरामले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।