अनलाइन एकल नाटक प्रतियोगिताको उपाधिका लागि पाँच नाटक छानिए
सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७–७८’को फाइनलका लागि पाँचवटा नाटक छनोट भएका छन् । उत्कृष्ट पाँचमा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् । ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी...