क–कसलाई भेट्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौं आइपुगेका छन् । आइतबार अपरान्ह एयर चाइनाको ४३७ नम्बरको उडानबाट लिउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउको यो...