भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने
कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा हुने भएको हो । जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ ।...