दुई बुँदे निर्णयप्रति रुष्ट डाक्टरको सडकबाटै प्रश्न : यो राज्यलाई हामी चाहिँन्छ कि चाहिँदैन?’
सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सेतो कोट लगाएर आज पनि सडकमा उत्रिएका उनीहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षा हुनु पर्ने माग गरेका छन् ।राज्यलाई डाक्टर चाहिँन्छ कि चाहिँदैन ? उनीहरुको प्रश्न छ । आन्दोलनमा सहभागी डाक्टर निरज अधिकारीले सरकारले आफूहरुको मागलाई वेवास्ता...