पार्टीभित्रैको शक्ति लागेर मलाई हराएः पूर्वगृहमन्त्री खाण
पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को को परिचालित थिए भनेर खुलाएनन् । बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा शनिबार बुटवलमा उनले यस्तो बताएका हुन् । आफूलाई हराउन विभिन्न शक्ति लागे...