दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु
इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन् ।नोभेम्बर १ को चुनावमा विजयी भएपछि नेतान्याहुले अति–अर्थोडक्स यहूदी पार्टीहरू र चरम–दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए ।इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो । अदालतमा भ्रष्टाचारको...