सत्ता गठबन्धनको बैठक सुरु, भागबण्डाबारे छलफल हुँदै
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष...