नवराज विकसहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ हुने
रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको दुई वर्ष पुगेको सन्दर्भमा नागरिक अगुवाहरूले जात व्यवस्थाविरुद्व भेरी प्रतिरोध मार्च गर्ने भएका छन् । यही जेठ १० गते रुकुम नरसंहारको दुई वर्ष पूरा हुँदैछ । त्यही दिनको सम्झनामा प्रतिरोधस्वरुप नागरिक आन्दोलनसहित नागरिक अगुवाहरूले भेरी किनारसम्म प्रतिरोध मार्च गर्न लागेका हुन् । भेरी नदी किनारमा पुगेर...