नेपाली सञ्चार जगतमा हामी भिन्नै मुद्दा र पहिचान बोकेर आम पाठक माझ आएका छौं । तथ्य र सत्यमा आधारित भइ आवाज विहिनहरुको आवाज बुलन्द पार्ने उद्देश्य सहित स्थापित सम मिडिया ग्रुपद्वारा प्रकाशित समखवर डटकम तथ्यपरक, विश्लेषणात्मक तथा खोजमूलक लेखहरुका साथै समाचारहरु एवम् चेतनामूलक सन्देश सम्प्रेषण गर्नमा विषेश जोड दिइरहेको छ । जसको ज्वलन्त उदाहरण यसै अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारहरुलाई लिन सकिन्छ । साथै समग्र समाजको विकास, आर्थिक गतिविधि लगायत विषयसँग सम्बन्धित विभिन्न क्षेत्र तथा पक्षहरुको लेख, रचना तथा विचारहरु समेतले निरन्तरता पाउने प्रतिवद्धता व्यक्त गर्न चहान्छौं ।


जसरी हजारौं वर्षदेखि नेपाली समाज जातीय हिसाबले विभाजित छ । त्यो भन्दा कयौं गुणा वर्गीय रुपले विभाजित रहेको छ । तथ्यले यही देखाउदै आएको छ । जातीय र वर्गिय चिन्तनद्वारा निर्माण भएको भाष्यलाई छोटो समयमा भत्काउन हाम्रो अनलाइन संचारमाध्यम एक्लैद्वारा सम्भव छैन । हजारौ वर्षदेखि विद्यमान पछौटे चिन्तनलाई हटाई प्रगतिशील चेतना सहित समतामुलक समाज निर्माणलाई योगदान दिने हेतुले यस संचारमाध्यम मार्फत आमपाठक माझ आएका छौं । यस अभियानमा सहायकको भूमिकाको रुपमा हाम्रो अनलाइन संचारमाध्यम निरन्तर क्रियासिल रहने विश्वास दिलाउन चहान्छौं ।


मर्यादित एवम् व्यवसायिक पत्रकारिताका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्ने महत्वपूर्ण उद्देश्य अनुरुप जनचेतनामूलक सन्देशहरु प्रकाशन तथा प्रसारण गर्दै आइरहेका छौं । आगामी दिनमा पनि उक्त भूमिका निरन्तर जारि रहने जानकारी गराउन चाहान्छौं ।

हाम्रो टिम

अध्यक्ष
टेक बहादुर विश्वकर्मा

कानूनी सल्लाहकार
अधिवक्ता देवकुमार मोक्तान

व्यवस्थापक प्रमुख
रोशन विशुंके

सम्पादक
शोभा विश्वकर्मा

न्युज डेक्स
सपना मंग्राती