संघीय जनगणतन्त्रको बहसमा शहीद र बेपत्ता योद्धाहरूको सपना पुनः स्मरण (फोटो फिचर)
सहिद तथा बेपत्ता योद्धा परिवार समाजले आज काठमाडौंको घट्टेकुलोस्थित ईच्छुक सांस्कृतिक प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “सहिद तथा बेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता” शीर्षकको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष दिनेश शर्मा ‘सागर’ले प्रस्तुत गर्नुभएको कार्यपत्रमा मानव सभ्यताको विकासक्रमदेखि वर्तमान नेपालको राजनीतिक अवस्था, जनयुद्ध, जनआन्दोलन र संघीय...