समखबर संबाददाता


0 प्रतिक्रिया

924

ललितपुरमा बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु

१० महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1.2K

१२ असार, पाटन (ललितपुर) । ललितपुरको महाङ्काल गाउँपालिका–५ स्थित इमाडोलमा सोमबार बेलुकी आएको बाढीले बगाउँदा एक सबइञ्जिनियरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बागलुङ घर भई हाल ललितपुरमा कार्यरत ३२ वर्षीय सबइञ्जिनियर राजु के.सी. रहेका छन्। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार भारी वर्षासँगै आएको बाढीले के.सी.लाई बगाएको थियो। स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उनको शव घटनास्थलभन्दा केही तल खोला किनारमा फेला परेको हो।

सबइञ्जिनियर के.सी. इमाडोल क्षेत्रमा सडक निर्माणसम्बन्धी कार्यमा खटिएका थिए। काम सकेर फर्किने क्रममा अचानक बाढी आएको बताइएको छ।

स्थानीय प्रशासनले बाढीका कारण अरु पनि क्षति हुन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप अनुसन्धान जारी रहेको बताइएको छ।

1.2K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *