काठमाडौंः काभ्रेमा विस्फोटक पदार्थ विस्फोट भएको छ । काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा आइतबार (आज) करिब १२ बजे विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानिय वासिन्दा मोहन विश्वकर्मा रहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन् । नेपाली सेनाले यस भन्दा अघि पनि विस्फोटक पदार्थको उचित व्यवस्थापन नगर्नाले पटक पटक यस्ता घटनाहरु घटिरहेका छन् ।
डीएसपी खतिवडाका अनुसार घाइते विश्वकर्माको ग्वार्कोस्थित बिएनबि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको डीएसपी खतिवडाले बताए ।