काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) स्वदेश फर्किंदै छन्। उनि आज अपराह्न सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
५० सदस्य सहित भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन् ।