समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

नाम फेर्दै दक्षिण ललितपुरको महांकाल गाउँपालिका

४ वर्ष अगाडि
ललितपुर
समखबर संवाददाता

1.6K

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ ।

गाउँपालिकाको गाउँ सभाको दशौं अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महांकाल वैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीको भनाइ छ ।

दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रूपमा परिचित महाकांलमा कालेश्वर महादेव मन्दिर, वैतरणी धाम, महांकाल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको बाक्लो भिड लाग्ने गरेको छ ।

दक्षिण ललितपुरकै बागमती गाउँपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ ।

1.6K

Mahankal village municipality of South Lalitpur changing its name

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *