समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ वर्ष अगाडि
ललितपुर
समखबर संवाददाता

1.6K

ललितपुरमा जबरजस्ती करणी गरेको अभियोगमा ५१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेका हुन् ।

उनले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *