समखबर संबाददाता


0 प्रतिक्रिया

1.5K

आजको सुनचाँदीको भाउ : छापावाला सुन घट्यो, चाँदी स्थिर

१० महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1.8K

असार ११ काठमाडौं । नेपालमा आज छापावाला सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सुनको मूल्यमा प्रति तोला रू. ३०० को गिरावट आएको हो।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको रू. १,४६,२०० रहेको छ भने तेजाबी सुनको मूल्य रू. १,४५,५०० निर्धारण गरिएको छ। सोमबार छापावाला सुनको मूल्य रू. १,४६,५०० थियो।

यता, चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहँदै आज पनि प्रति तोला रू. १,८५० कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको भाउमा दैनिक परिवर्तन भइरहेको छ। अमेरिकाको फेडरल रिजर्भको नीतिगत निर्णय, डलरको भाउ र कच्चा धातुको माग–आपूर्ति अनुसार सुनचाँदीको मूल्यमा असर पर्ने व्यवसायीहरू बताउँछन्।

1.8K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *