जनताको छोराछोरी, जेन–जी क्रान्तिकारीहरूले राजनीतिक अधिकारको माग गर्दै काठमाडौँका सडकहरूमा र देशभरि २०२५सेप्टेम्बर ८ र ९ गते प्रदर्शन गरे।
पहिलो पटक जेन–जी हरूले संसद भवनभित्र भव्य प्रदर्शन गरे र उनीहरूले नागरिक अधिकारहरूको मागलाई बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रिए।
विभिन्न खालका अवसरवादीहरूबीच लामो समयदेखि चलिआएको संघर्ष अहिले पनि निरन्तर प्रमुख विषयका रूपमा रहेको छ। वैचारिक द्वन्द्व तथा संघर्षको एउटा आधारभूत विषय यही नै रहे नेपाली जेन–जी ९देशभक्त०, मजदुर ९सुकुम्बासी०, किसान, राष्ट्रिय पूँजीपति र महिलाहरूले पनि व्यक्तिगत, शारीरिक वा राजनीतिक स्वतन्त्रताको उपभोग न त पहिले गरेका थिए, न अहिले गर्न पाएका छन्।
कम्तीमा पनि शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य अधिकार स्थापित हुन सकेको छैन।
साथै जात व्यवस्था पनि अन्त्य हुन सकेको छैन।
तेसै कारण राजनीतिक विरोधी झुण्डहरूलाई ठेगान लगाउन दृढतापूर्वक वैचारिक संघर्ष गर्दै संगठन निर्माण तथा विस्तार गर्न हाम्रो मुलुकमा जेन–जी प्लस को जन्म भयो।
नयाँ दृष्टिकोणलाई आधारभूत दृष्टिकोण बनाउँदै यो अभियानको सुरुवात भई निरन्तर क्रान्ति गर्न, दीर्घकालीन प्रभाव पार्न र नयाँ मोडको सङ्केत गर्ने एउटा महत्वपूर्ण अभियानको रूपमा अक्टोबर ८ र ९ मा जेन–जी प्लस अभियान आरम्भ भयो।
जेन–जी प्लस अभियानको पहिलो घोषणापत्रले उल्लेख गरेको कुरा , अब हामीले आफ्नो प्राकृतिक अर्थतन्त्रको संरक्षण र विकास गर्दै नेपाली जनताले एक नयाँ मार्ग अपनाउनु पर्छ। जेन–जी देशभक्त, मजदूर, सुकुम्बासी, किसान, राष्ट्रिय पूजिपति र महिलाहरूको नेतृत्वमा, वास्तविक नेपालीपनको आधारमा जनता देशका सम्पत्ति का मालिक बन्नेछन् र त्यसलाई आफ्नै लाभका लागि विकास गर्नेछन्। यसका लागि जनतालाई सशस्त्र बनाउने, जेन–जी क्रान्तिकारीहरुको स्थापना गर्ने, र मुलुकका साधन स्रोतहरूको विकास गरी आर्थिक सन्तुलन र योजना बलियो बनाउने काम हुनेछ। यसले निजी, सहकारी र सार्वजनिक क्षेत्रलाई पनि सुदृढ बनाउने छ।
यो ब्यापक दृष्टिकोणले जनताको हित र अधिकारलाई प्राथमिकता दिनेछ। जेन–जी प्लस अभियानले राजनीतिक असमानताहरूसँग लड्दै, जनतालाई न्याय, स्वतन्त्रता, र समृद्धिको मार्गतर्फ लैजानेछ। यसले पक्का नै नेपाली जनताका लागि एक सकारात्मक परिवर्तन ल्याउनेछ
जेन–जी प्लस अभियानले नेपाली युवाहरूलाई राष्ट्रिय संघर्षमा एकजुट भएर अघि बढ्न प्रेरित गर्नेछ, र उनीहरूको स्वतन्त्रता र समानताको लागी आवाज उठाउनेछ। यसले निश्चित रूपमा नेपालमा एक नयाँ र सकारात्मक परिवर्तनको आधार तयार गर्ने यो अभियानले जनताको तागत र एकताले राजनीतिक र आर्थिक परिवर्तन ल्याउनेछ। यसले जनताको आवाजलाई बलियो बनाउँदै, उनीहरूका अधिकारको रक्षा गर्दै, र सबैलाई समावेश गरेर एक समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्नेछ। यो मार्गमा सबैलाई साथ दिन र एकजुट भएर अघि बढ्न प्रेरित गर्नेछ।
नेपालका जनताले राष्ट्रिय संघर्षमा आफ्नो गौरवशाली इतिहास रगतले लेखेको छ, र आजसम्मको स्वतन्त्र लडाइँले विश्वका अवसरवादीहरूले पनि जनतालाई दबाउन प्रयास गरेको छ। त्यसैले, यी मागहरू पूरा गर्न र स्वतन्त्र लोकतान्त्रिक संगठन बनाउन अघि बढ्नु आवश्यक छ। पहिलोमा, सर्वसाधारण जनताको लागि जेन(जी प्लस अभियानस दोस्रोमा, शिक्षा र स्वास्थ्यको सुधारस तेस्रोमा, नेपालको सार्वभौम स्वतन्त्रतास चौथोमा, समृद्धि र शान्ति। यसमा अझ थप्न सकिन्छ।
सारांशमा, जेएनजी प्लस अभियानले जनताको विकासशील संघर्षमा सहभागिता जनाउन, त्यसलाई संगठनबद्ध बनाउन, नेतृत्व दिन र विजय तर्फ अघि बढाउन समर्पित गर्दछ।
पूजीवादी तथा निम्न पूजीवादी पार्टीहरूले जनताको विश्वास गुमाएका छन्, तर जेएनजी प्लस अभियानले जनताका लागि नयाँ मार्ग खोल्नेछ र स्वतन्त्रताको संघर्षमा अग्रसर रहनेछ।
लड्दै रहने प्रतिबद्धता सहित, यो अभियानले पूरै देशभरि रहेको शोषक र अवसरवादी शक्तिहरूलाई चुनौती दिन्छ। त्यसैले, हामी जनताको छोरा(छोरी, जेन(जी क्रान्तिकारी, देशभक्त, मजदूर, किसान, भूमिहीन तथा गरिब , युवा र महिलाहरूलाई जेन(जी अभियानका सबै कार्यक्रमहरूमा सहभागी हुन आह्वान गर्छौं, किनभने मात्र एक बलियो जेन(जी अभियानले जनताको राजनीतिक र आर्थिक अधिकारलाई विजयतर्फ अघि बढाउन सक्छ।