आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, ३ वैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको...