अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो
अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ । वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका...