तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम
तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवाखाजा र छात्राका लागी दिने सेनेटरी प्याडबापतको रकम रोकिएको बताएका छन् । गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिकएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् । तर, अभिभावकले...