परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै
परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ...