विभिन्न स्थानबाट जुवातास खेलिरहेको २१ जना पक्राउ
काठमाडौं, दाङ र सर्लाहीबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईसहित ८ जना रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले...