एकै दिन देशभर ७ जनाको ज्यान लिने सवारी दुर्घटना
काठमाडौँ, १५ माघ । बुधबार देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। सिराहा, धनुषा, महोत्तरी, सुर्खेत, चितवन र भक्तपुरमा भएका दुर्घटनाहरूमा तीब्र गति र सवारी अनियन्त्रित हुनु मुख्य कारण देखिएको प्रहरीले जनाएको छ। सिराहा, धनुषा र महोत्तरीमा भएका दुर्घटनामा मोटरसाइकल र अन्य सवारीसाधन आपसमा ठोक्किँदा मानवीय क्षति भएको छ भने चितवन...