भारत धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको अमेरिकाको भनाई
भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो । प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न अनुरोध गरेको छ । भारत ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको’ प्यानलले आरोप लगाएको छ ।...